News in Nepali

नेपाल पत्रकार महासंगले भन्यो वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरियो

Lumbinikhabar Online

नेपाल पत्रकार महासंघले संविधानबमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको बताएको छ। महासंघका महासचिव रोशन पुरीले आज विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान तथा संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको उल्लेख छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले गए राति प्रतिनिधि सभा विघटन गरी चुनावको मिति घोषणा गरेकी थिइन्।

पत्रकार महासंघले जनतालाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले कोरोना महामारीबाट बच्च खोप चाहिएको उल्लेख गरेको छ। अस्पतालहरूमा शय्या, अक्सिजनलगायत सामग्रीको खाँचो रहेको महासंघको भनाइ छ।

यस्तो अवस्थामा जनताको उपचारमा ध्यान दिएर सरकारले मध्यरातमा चुनावको सिफारिस गर्ने र सरकार बन्ने आधार हुँदाहुँदै राष्ट्रपतिले जालझेलपूर्ण कदम चाल्नु परिवर्तनकारी आन्दोलनले प्राप्त गरेको गणतन्त्रप्रति प्रहार भएको महासंघको ठहर छ।

Tags

छुटाउनु भयो कि ?