कम्तीमा १०० बेड क्षमता भएका निजी तथा सामुदायिक अस्पतालहरुले अक्सिजन प्लान्ट जडान गर्नुपर्ने भएको छ । कोरोना संक्रमण बढेसँगै अक्सिजन अभाव देखिएको छ र थुप्रै निजी अस्पतालले नयाँ संक्रमित भर्ना नलिने घोषणा गरेका छन् । धेरै निजी अस्पतालमा अक्सिजन प्लान्ट छैन । सरकारले अस्पतालहरुको कोटा तोकेपछि कोटा अनुसारको अक्सिजनले नपुग्ने भन्दै अस्पतालहरुले नयाँ बिरामी भर्ना नलिने घोषणा गरिरहेका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा १०० बेड भएका निजी तथा सामुदायिक अस्पतालहरुले १५ भित्र अक्सिजन प्लान्ट स्थापना गर्नुपर्ने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६