चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ । यो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य सहभागी थिए । यी सामान आएसँगै थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी हालतमा रहने समेत उनले जानकारी गराएका छन् । चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय आज आएको हो ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६