कोभिड-१९

६ हजार ७ सय ८४ थान सिलिन्डर नियन्त्रणमा

Lumbinikhabar Online

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रशासन र सुरक्षा निकाय सम्मिलित टोलीले उपत्यकाका विभिन्न स्थानबाट बिहीबार ६ हजार ७ सय ८४ थान अक्सिजन सिलिन्डर नियन्त्रणमा लिएको छ ।काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त टोलीले नियन्त्रणमा लिएका यी अक्सिजन सिलिन्डिर विभिन्न अस्पताल र प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

काठमाडौं जिल्ला प्रशासनका अनुसार टिचिङ अस्पताललाई ५ सय थान, नेपाल मेडिकल कलेज जोरपाटीलाई १ सय ५०, वीर अस्पताललाई १ सय, महेन्द्रनारायण निधी अस्पताललाई ६० र शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकुलाई १ सय ३० थान सिलिन्डर हस्तान्तरण गरियो । यस्तै, भक्तपुर अस्पताललाई १००, सिभिल अस्पताललाई २ सय ५०, ललितपुरस्थित समित अस्पताललाई ४८, काठमाडौं मेडिकल कलेजलाई ४ सय, पाटन अस्पताललाई २ सय, सशस्त्र प्रहरी अस्पताललाई ३ सय, प्रहरी अस्पताललाई २ सय र पिपुल्स डेन्टल कलेजलाई १ सय थान सिलिन्डर हस्तान्तरण गरिएको छ ।

यस्तै, लुम्बिनी प्रदेश अन्तर्गतका अस्पताललाई दिने गरी लुम्बिनी सरकारलाई १ हजार र सुदूरपश्चिम सरकारलाई ३ सय थान सिलिन्डर उपलब्ध गराइएको काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले बताए । उनले बाँकी सिलिन्डर स्वास्थ्य मन्त्रालयले मागेअनुसार सूची बनाएर उपलब्ध गराइने पनि बताए ।

Tags

छुटाउनु भयो कि ?