कोभिड-१९

अमेरिकामा २ करोड ५४ लाखले जिते संक्रमण

Lumbinikhabar Online

अमेरिकामा २ करोड ५४ लाख ७५ हजार ७८९ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ९३ हजार ९१८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ४५५ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ८६ हजार ६११ पुगेको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा ४७ हजार ४५६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकै दिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या ३ करोड २८ लाख ७५ हजार ४५ पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?