टप खबर

एमाले सांसदद्वारा गण्डकी प्रदेश सभा अवरुद्ध

Lumbinikhabar Online

नेकपा एमालेले गण्डकी प्रदेश सभाको बैठकमा अवरोध गरेको छ।

मंगलबार बसेको बैठकमा पीसीआर परीक्षण गर्न माग गर्दै बैठक अवरोध गरेको हो।

नेकपा एमालेका गण्डकी प्रदेश सांसद राजिव पहारीले पीसीआर परीक्षण गरेर मात्र संसद चलाउन माग गरे।

गण्डकी प्रदेश सभामा बोल्दै उनले कोरोना महामारीको समयमा कास्कीमा पनि निषेधाज्ञा जारी भइसकेको अवस्थामा सुरक्षाका मापदण्ड अपनाएर मात्र प्रदेश सभा चलाउन आग्रह गरे।

कतिपय सांसदहरु दिर्घरोगिसमेत भएको अवस्थामा पीसीआर परीक्षण गरेर मात्र संसद चलाउन उनको आग्रह थियो।

सभामुख नेत्रनाथ अधिकारीले भने यसअघि कार्यव्यवस्था समितिबाट सहमतिमा कार्यसूची तय गरिएकाले अवरोध नगर्न आग्रह गरेका छन्।

तर, एमालेका सांसदहरु भने बसेको ठाउँबाट उभिएर विरोध गरिरहेका छन्।

सत्तापक्षका सांसदहरुको अवरोधपछि प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित भएको छ।

प्रदेश सभाको विशेष अधिवेशनमा आजदेखि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा हिजोदेखि छलफल जारी छ।

Tags

छुटाउनु भयो कि ?