कोभिड-१९

काठमाडौं उपत्यकामा १५ दिन ‘लकडाउन’

Lumbinikhabar Online

काठमाडौं उपत्यकामा १५ दिन ‘लकडाउन’ (निषेधाज्ञा जारी) गरिने भएको छ।

उपत्यकाका तीन जिल्ला– काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले यही वैशाख १६ देखि २२ गतेसम्म अर्थात् एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरेका भए पनि सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले त्यसको अवधि १५ दिन तोकेको हो।

‘हामीले एक हप्ताका लागि निषेधाज्ञा जारी गरेका छौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार बिहान नेपालखबरसँग भने, ‘मन्त्रिपरिषदको निर्णयअनुसार अब एक हप्तापछि अवधि थप्छौं।’

मन्त्रिपरिषदको निर्णयअघि काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक हप्ताका लागि जारी गरेको आदेश : बिहीबारबाट के गर्न पाइने के नपाइने? 

मन्त्रिपरिषद् बैठकले कोरोना रोकथामका लागि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका सिफारिस अनुमोदन गरेको हो।

सीसीएमसीले सक्रिय संक्रमित– सहरी क्षेत्रमा ५ सय र पहाडी जिल्लामा २ सय नाघेपछि निषेधाज्ञा लागू गराउन सिफारिस गरेको थियो।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यसलाई अनुमोदन गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नाले नेपालखबरलाई जानकारी दिए।

योसँगै अब संक्रमितको संख्यामा आधारमा उपत्यकासहित देशका विभिन्न जिल्लामा लकडाउन हुनेछ।

Tags

छुटाउनु भयो कि ?