टप खबर

बर्दियाका अधिकांश स्थानमा एक हप्ता घरबाहिर निस्कन नपाइने

Lumbinikhabar Online

बर्दियाका अधिकांश स्थानमा आज (सोमबार) मध्यरातिबाट निषेधाज्ञा लागू हुँदैछ।

बर्दिया जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशअनुसार गुलरिया नगरपालिका, बाँसगढी, ठाकुरबाबा नगरपालिका, बढैयाताल गाउँपालिका, राजापुर नगरपालिकालगायत क्षेत्रमा आज राति १२ बजेदेखि वैशाख १९ गते राति १२ बजेम्मका लागि निषेधाज्ञा लागू हुने भएको हो।

निषेधाज्ञा लागू हुने क्षेत्रमा औषधि, खाद्यवस्तु खरिद तथा विकास निर्माणजस्ता अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घरबाहिर ननिस्कन निर्देशन दिइएको छ।

साथै भारत आवतजावत गर्ने सबै नाका पूर्ण रूपमा नियन्त्रण गर्ने निर्णय पनि भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताएका छन्।

विस्तृत कुरा तलको सूचनामा–

bardiyasu34

Tags

छुटाउनु भयो कि ?