टप खबर

देउवा निवासमा आज कांग्रेस पदाधिकारी बैठक बस्दै

Lumbinikhabar Online

आज (आइतबार) नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ।

केन्द्रीय समितिको बैठक बस्नुअघि सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

समसामयिक राजनीति, राष्ट्रिय सभाको एक सदस्य चुन्न जेठ ६ मा हुने उपनिर्वाचनलगायत विषयमा छलफल गर्न भोलि सोमबार कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ।

त्यसअघि आज दिउँसो २ बजे सभापति देउवाको निवास (बूढानीलकण्ड) पदाधिकारी बैठक बस्न लागेको कांग्रेस नेताले बताएका छन्।

बैठक कांग्रेसको १४औं महाधिवेशन तयारीबारेमा केन्द्रित हुने बताइएको छ। सोमबार बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न पनि आज पदाधिकारी बैठक बस्न लागेको हो।

Tags

छुटाउनु भयो कि ?