टप खबर

कोरोना महामारीकाबीच आर्थिक गतिविधि बढाउनुपर्ने चुनौति थपियो : मन्त्री भट्ट

Lumbinikhabar Online

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना महामारीकाबीच मुलुकमा आर्थिक गतिविधिलाई बढाउनुपर्ने चुनौति सिर्जना भएको बताएका छन् ।

फोकस नेपाल संस्थाले शुक्रबार काठमाडौंमा आयोजना गरेको विश्वव्यापी कोभिड प्रभावमा औद्योगिक क्षेत्र, चुनौति र अवसरहरु विषयक अन्तर्क्रियामा मन्त्री भट्टले मुलुकको समृद्धिको लागि आर्थिक गतिविधीलाई बढाउन कोरोना महामारीकाबीच अघि बढ्नुपर्ने चुनौति रहेको बताए ।

मन्त्री भट्टले नेपालको स्रोत साधनलाई अधिकतम प्रयोग गर्दै विकासको बाटोमा अघि बढ्नुपर्ने धारणा राखे ।

उनले देशलाइ औद्योगीकरण र व्यापारलाई निर्यातमुखी बनाउन आफूहरु योजना बनाउन लागेको बताए । उनले कोरोना न्युनीकरण गर्न सरकारले जारी गरेको आदेशलाई सबैले पालना गर्नुपर्नेमा जोड दिए ।

Tags

छुटाउनु भयो कि ?