कोभिड-१९

भारतीय सेनाले कोभिड-१९ खोपको १,००,००० खुराक प्रदान गर्दछ

Lumbinikhabar Online

भारतीय सेनाले नेपाल सेनालाई कोभिड १९ खोपको १,००,००० डोज प्रदान गरेको छ। भारतीय सेनाले पठाएको खोप शनिबार काठमाडौं आइपुगेको छ। “कोभिड-१९ महामारीको प्रतिक्रियामा अनुदान सहयोगमा करिब १,००,००० खोप काठमाण्डौ आइपुगेको छ। तर, औपचारिक हस्तान्तरण केहि दिनमै हुने कार्यक्रम छ, ”सेनाका प्रवक्ता लेफ्टिनेंट जनरल सन्तोष बल्लव पौडेलले भने। यसभन्दा पहिले नेपालले भारतबाट २.३४८ मिलियन डोज अनुदान सहायता, खरीद र कोभाक्स सुविधा अन्तर्गत ल्याएको थियो।

Tags

छुटाउनु भयो कि ?