कोभिड-१९

दार्चुला जीप दुर्घटनामा तीनको मृत्यु, चार घाइते

Lumbinikhabar Online

दार्चुलाको लेकम ग्रामीण नगरपालिका ६ उचकोटमा जीप दुर्घटनामा तीन जनाको मृत्यु र चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दका अनुसार शैलेशिकहार नगरपालिका ८ अमतोलीबाट रिठाचौट जाँदै गरेको ग ३ छ १६९३ नम्बरको जीपले शनिबार दिउँसो दुर्घटना भएको हो। मृतकको पहिचान ३८ बर्षका चालक करण नाथ ग्रामीण नगरपालिका ६ ७० वर्षीया सुनदेवी पन्त र ४० बर्षे पदमराज पन्त शैलेशिकर नगरपालिका ८ बस्ने छन्। यसैगरी घाइते हुनेमा ७२ बर्षे बुद्धी बल्लव पन्त, १२ वर्षीय मुकेश पन्त, ७ वर्षीय बसन्त पन्त र ७० वर्षीय गंगा पन्तले जानकारी दिए। घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वर पठाइएको छ।

Tags

छुटाउनु भयो कि ?