टप खबर

हर्मुज मार्ग नियन्त्रणमा लिने ट्रम्पको दाबी

Lumbinikhabar Online

अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानालाई लक्षित गरी लगातार तेस्रो रात पनि शक्तिशाली हवाई आक्रमण जारी राखेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्ट्रकम) का अनुसार रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको हर्मुज जलमार्गमा व्यावसायिक जहाजको सुरक्षा गर्ने र इरानी सैन्य क्षमतालाई कमजोर बनाउने उद्देश्यले यो आक्रमण गरिएको हो।

इरानी सञ्चारमाध्यमका अनुसार किश, जाम, कस्म जस्ता टापुका साथै बुसेहर र बन्दर अब्बास क्षेत्रमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन्। यता, इरानले पनि प्रतिकार गर्दै कुवेतमा रहेका अमेरिकी सैन्य अखडा र अमेरिकी सेनाको ‘जहाज’ माथि आक्रमण गरेको दाबी गरेको छ।

यसैबीच, संयुक्त अरब इमिरेट्स (यूएई) ले जलसन्धिमा इरानी मिसाइल प्रहारबाट आफ्नो एउटा तेल ट्याङ्करमा क्षति पुगेको र एक जनाको मृत्यु भएको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कारबाही भइरहेको पुष्टि गर्दै अब इरानभित्रै रहेको भूमिगत आणविक केन्द्रलाई समेत निसाना बनाउन सक्ने चेतावनी दिएका छन्। ट्रम्पले ‘पिकएक्स माउन्टेन’ भनिने इरानको सुदृढ आणविक केन्द्रलाई ध्वस्त पार्ने संकेत गरेसँगै युद्ध थप भयानक मोडमा पुग्ने खतरा बढेको छ।

Tags

छुटाउनु भयो कि ?