नेपाली संगीत क्षेत्रमा पुनः एउटा धमाकेदार भिडियो गीत सार्वजनिक भएको छ — ‘खतरै नं. १’, जसमा म्याक्स नेपाल मुख्य भूमिकामा देखिएका छन्। नृत्य, अभिनय र आकर्षक प्रस्तुतिका साथ म्याक्स नेपालले दर्शकको ध्यान आकर्षित गरेका छन्।
गीतमा आवाज दिएका छन् निश्चल नेपाल र अन्नु चौधरीले। शब्द अविनाश थापाको रहेको छ भने संगीत सौगात जंग थापाले तयार पारेका हुन्। संगीत संयोजन बिशाल निरौलाको रहेको छ भने रेकर्डिङ, मिक्सिङ र माष्टरिङ रञ्जन राईले गरेका छन्।
भिडियो निर्देशन तथा कोरियोग्राफी विक्रम चौहानले गरेका हुन्। बिना राउत र म्याक्स नेपालको जोडी भिडियोमा देख्न पाइन्छ। छायांकन राज पोख्रेल एन्ड टिमले गरेका छन् र सम्पादन तथा पोस्टर आर्ट लक्ष्मण चौहानले तयार पारेका हुन्।
रङ संयोजन राजेश कुमार, मेकअप यमुना पाण्डे, पहिरन भ्यालेन्टिनो द बुटिक तथा पोस्ट प्रोडक्सन बी.स्टार फिल्म्सले सम्हालेका छन्।
विशेष धन्यवाद: घनेन्द्र देवी नेपाल (आमा), गीताञ्जली कटुवाल, युस्तल दाहाल, सम्योग नेपाल, फ्रेन्सिस नेपाल, किञ्जल नेपाल, आरित नेपाल।
म्याक्स नेपालको अभिनय र प्रस्तुतिले ‘खतरै नं. १’लाई झनै आकर्षक बनाएको छ। दर्शकहरूका लागि यो गीत हेर्न लायक छ।