टप खबर

कुलमान घिसिङलाई हटाउँदा प्रचण्डलाई गोली लागे बराबर भएकोछ: योगेश भट्टराई

Lumbinikhabar Online

नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोली लागे बराबर भएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा बोल्दै उनले विगतमा आफूले मुख्यसचिव बनाउँदा गरेको निर्णय र प्रधानसेनापतिबाट रूक्मांगत कटुवाललाई हटाएको कुरा स्मरण गर्न पनि प्रचण्डलाई आग्रह गरे ।

‘अहिले केपी शर्मा ओलीको सरकारले एउटा सहसचिवलाई हटाएकोमा तपाईंलाई यति ठूलो चिन्ता छ, तपाईंको मुटुमा नै गोली लागेजस्तो किन भएको छ ?’, उनले सोधे, ‘एउटा सहसचिव तहको कर्मचारी हो कुलमान, सरकारसँग उसको ट्युनिङ मिलेन, त्यहीकारण हटाइयो । प्रधानसेनापति हटाएजस्तो कुरा त होइन यो । यस्ताखाले बेथिति आफ्नो पालामा भएका छन् ।’

यो वर्षको नीति तथा कार्यक्रम कांग्रेस–एमाले ७ बुँदे सहमतिको भावनाअनुसार नै आएको भट्टराईले बताए । जनताको आक्रोशलाई सम्बोधन गर्ने उद्देश्यले दुई ठूला दल मिलेर सरकार बनाएको पनि उनले बताए । अहिले देशमा विद्यमान सबैखाले समस्याको समाधान गर्नेगरि नीति तथा कार्यक्रम ल्याइएको उनले स्पष्ट पारे ।

Tags

छुटाउनु भयो कि ?