काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परिवारसहित थाइल्याण्डको राजधानी बैंक प्रस्थान गरेका छन्।
एमालेसँगको सहकार्यको ९ महिनामै कांग्रेसभित्र केपी ओली सरकारप्रति असन्तुष्टि बढ्दैछ। सत्ता गठबन्धनभित्र असन्तुष्टि बढिरहेको बेलामा देउवा र उनकी पत्नी आरजु थाइल्यान्ड जानुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। सत्ता गठबन्धनमा असन्तुष्टि बढिरहेको बेलामा माओवादी केन्द्रले देउवा प्रधानमन्त्री बने आफूहरू सघाउन तयार रहेको बताएको छ।
पार्टीको मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्वास्थ्य उपचारका लागि देउवा थाइल्याण्ड प्रस्थान गरेको बताए। पौडेलले थाइल्याण्डमा देउवाको कुनै राजनीतिक भेटघाटको कार्यक्रम नभएको दाबी गरे।