समाचार

राजेशकाजीको नेतृत्वमा ३७ सदस्यीय आइसिसी चेम्बरको नयाँ कार्यसमिति चयन

Lumbinikhabar Online

इन्टरनेसनल चेम्बर अफ कमर्स (आइसिसी)को नयाँ नेतृत्व चयन भएको छ। आइतबार सोल्टी होटेलमा सम्पन्न साधारण सभाले राजेश काजी श्रेष्ठको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

उक्त कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा छन् भने उपाध्यक्षहरूमा पदेन उपाध्यक्ष राजेन्द्र मल्ल, एसोसिएसनको तर्फबाट दिनेश श्रेष्ठ, बैंक वित्तीय क्षेत्रको तर्फबाट सुनिल केसी, इस्योरेन्स क्षेत्रको तर्फबाट चंकी क्षेत्री, मानार्थ उपाध्यक्ष सोनाम लाक्पा शेर्पा, लिमिटेड कम्पनीका तर्फबाट गणेश कार्की र एसोसिएसनको तर्फबाट राजेन्द्र अर्याल चयन भएका छन् ।

यसैगरी महासचिवमा नरेशप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली, सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे चयन भएका छन् ।

नेपालमा विदेशी लगानी भित्र्याउने र नेपाली उत्पादनलाई विदेशी बजारमा पुर्याउने उद्देश्य अनुरुप गठन भएको उक्त आइसिसीमा यसअघि सुरेन्द्र वीर मालाकार अध्यक्ष रहेका थिए।

यसैगरी सदस्यहरूमा देश बन्धु बस्नेत ‘अजित’ सुशान कर्माचार्य, अशोक शेरचन, सुदेश खालिङ, कुमुद दुगड, अशोक अग्रवाल, सञ्जय अग्रवाल, सुधिर मित्तल, नवीन श्रेष्ठ, पोषकराज पौडेल, उपासना पौडेल, त्रिभुवनधर तुलाधर, उर्मिला श्रेष्ठ, विजय श्रेष्ठ, सुदर्शन चापागाईं, रमेश शर्मा, रवि चन्द्र सिंह, पवित्र कुमार कार्की, मिनबहादुर गुरुङ, ज्ञानेन्द्र ढुङ्गाना, दीपक कुमार श्रेष्ठ, गणेश कार्की, विप्लव पौडेल र अर्जुन शर्मा रहेका छन्।

Tags

छुटाउनु भयो कि ?