शिक्षा

अखिल (क्रान्तिकारी) नेशनल ल कलेज कमिटीको अध्यक्षमा सुवास अधिकारी

Lumbinikhabar Online

काठमाडौं । अखिल (क्रान्तिकारी) नेशनल ल कलेज कमिटीको दोस्रो सम्मेलनले अध्यक्षमा सुवास अधिकारीलाई निर्वाचित गरेको छ । “गुणस्तरीय एवं व्यवहारिक कानुनी शिक्षा आजको आवश्यकता” भन्ने मूल नारा लिएर आज सम्पन्न भएको दोस्रो इकाई सम्मेलनले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव उपदेश यादवले बताए । प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष पवन कार्की थिए ।

विशिष्ट अतिथि सञ्जय कालधन र संजीव रेग्मी थिए । संगठनका सचिवहरु रबिन बस्नेत, सञ्जीव फुयाल, जगदीश शाही साथै केन्द्रीय नेताहरु विराज थापा, पारु चम्लागांई, निरोज श्रेष्ठ र नेपाल ल क्याम्पसका सभापति विष्णु ढुंगेल लगाएतका नेताहरुको आतिथ्यतामा सम्पन्न भएको सम्मेलन ले सर्वसम्मत रूपमा सुवास अधिकारीलाई चयन गरेको छ ।

सम्मेलनले सवल ठाकुरलाई वरिष्ठ उपाध्यक्षमा, आयुष्मा श्रेष्ठलाई उपाध्यक्षमा, विपिका सिलबाललाई सचिवमा, प्रशंसा वस्नेत र निसा घिमिरे, पुर्णिमा राजवंशी लाई सह -सचिवमा र किरण न्यौपानेलाई कोषाध्यक्षमा चयन गरेको सचिव उपदेश यादवले बताए ।

नेशनल ल कलेजमा किन अखिल (क्रान्तिकारी) ?

सक्रिय रूपमा कार्यरत रहेका कलेज समितिले ८ बुँदे उद्देश्य लिई निरन्तर कामहरू गर्दै आएको छ ।

१) त्रिभुवन विश्विद्यालय कानुन संकायको कार्यालय संग प्रत्यक्ष समन्वय र छलफल गर्ने ।

२) त्रिभुवन विश्विद्यालय आफैले विद्यार्थी संगठनको अस्तित्व स्विकार गरेको यत्तिका बर्ष हुँदा त्रि.वि. कै सम्बन्धन प्राप्त नेशनल ल कलेजले पनि संगठनलाई क्याम्पस कै स्टेक होल्डरको रुपमा औपचारिक बैठकहरुमा बोलाउनु पर्ने ।

३) त्रि.वि. को प्रस्ताव अनुसार २०७९ फाल्गुन २८ को स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नैशनल ल कलेजमा पनि समयमै सफल पार्न यथाशीघ्र तयारी थाल्नु पर्ने ।

४) शिक्षक नियुक्ति गर्दा पालना गरिने मापदण्ड सार्बजनिकरण गर्नु पर्ने ।

५) TU ले तोकेका सबै खाले स्वास्थसेवा उपलब्धता र स्वास्थ शुल्क विवरणको पारदर्शिता.

६) अतिरिक्त क्रियाकलापका नाममा कलेजले गरेका फन्डको समग्र गरका खर्च विवरण वार्षिकरुपमा सार्बजनिकरण गर्नु पर्ने

७) लाइब्रेरीको गुणस्तरमा तत्काल सुधार गर्न उच्च स्तरीय कार्यसमिति निर्माण गर्न पहल गर्ने।

८) छुट्टै कानुनी विश्वविद्यालयको अबधारणाको निम्ति पहल ।

Tags

छुटाउनु भयो कि ?