टप खबर

९ महिनाको अवधिमा ६२ करोड भन्दा बढीको यार्सागुम्बा निर्यात

Lumbinikhabar Online

चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा ६२ करोड भन्दा बढीको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि चैत महिनासम्म ६२ करोड ५८ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको हो । यसबाहेक १ अर्ब ४६ करोडको कथ्था निर्यात हुँदा रुद्राक्षका दानाबाट ३ करोड ५९ लाख रुपैयाँ विदेशी मुद्रा आर्जन भएको छ । ५ करोड रुपैयाँभन्दा बढीको अर्गेलीको बोक्रा निर्यात हुँदा १० करोड ८ लाख रुपैयाँको रिट्ठा निर्यात भएको छ । यसबाहेक अम्रिसोको निर्यातबाट १ अर्ब ११ करोड रुपैयाँ आर्जन भएको छ । यस्तै भन्सार विभागका अनुसार यस अवधिमा ५ करोड ८३ लाख रुपैयाँको गिन्सिङका जराको निर्यात भएको छ । यो सँगै चालू आवको ९ महिनामा १ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको जडीबुटी निर्यात भएको छ ।

Tags

छुटाउनु भयो कि ?