समाचार

भरतपुरमा खुल्यो फेसियल हाउसको सातौ शाखा

Lumbinikhabar Online

सौन्दर्यविद सुष्मा महराले सञ्चालन गरेकाे फेसियल हाउसको सातौ शाखा भरतपुरकाे सिजि ल्याण्डमार्कमा खुलेको छ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले फेसियल हाउस चितवन शाखाकाे शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै भरतपुरको समृद्वि यात्रामा फेसियल हाउस विस्तार उपयोगी हुने बताए । उनले स्मार्ट सिटि भरतपुर बनिरहदाँ सौर्यन्दसँग सम्बन्धित व्यवसायले थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराले सेवाग्राहीहरूले देशभर गुणस्तरीय सेवा खोज्न थालेपछि फेसियल हाउसको शाखा अन्य स्थानमा पनि क्रमशः विस्तार गरिने बताइन् । “सुन्दर देखिने चाहना सृष्टिको आदिकालदेखि नै सबैलाई रहँदै आएको पाइन्छ उनले भनिन्, समयको परिवर्तनसँगै यो चाहना महिला र पुरुष दुबैमा बढ्दै आएको छ ।”

उनले आजको प्रतिष्पर्धात्मक समयमा व्यक्तिको बौद्धिक क्षमतासंगै उसको आवरणीय सुन्दरताको महत्व र आवश्यकतालाई निर्विवाद रुपमा प्राथमिकता दिन थालिएको बताईन् । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले आर्थिक मन्दीको यस्तो अवस्था रहेको बेलामा र वित्तीय क्षेत्रले समेत लगानी गर्न नसकेको अवस्थामा यस ठाउँमा लगानी गरेर व्यवसाय स्थापना गरेप्रति फेसियल हाउसलाई धन्यवाद दिए ।

काठमाडौं मलको चौथो तलामा प्रमुख शाखा रहेको फेसियल हाउसले चावहिल केएल टावर, पोखरा, सुर्खेत, धनगढी र हाल चितवनमा पनि सेवा विस्तार गरेको छ । फेसियल हाउसले नेपालमा नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्रयाएको छ । फेसियल हाउसले हेयर, व्युटी र स्किन केयर संगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरु दिदै आएको छ ।

चितवनका मानिसहरुले गुणस्तरीय सेवा खोज्न थालेपछ यस स्थानमा गुणस्तरीय सेवा प्रदान गराउने उदेश्यले फेसियल हाउसको शाखा खोलिएको बताएकी छन् । फेसियल हाउसको भरतपुर शाखामा एकैपटक १५ जना भन्दा बढि सेवाग्राहीले सर्भिस लिने सक्नेछ । फेसियल हाउसले ब्यूटीसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप , माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिँदै आएको छ ।

अन्य शाखाबाट पाउने जस्तै सम्पूर्ण सेवा भरतपुर शाखाबाट त्यस क्षेत्रका सेवाग्राहीले प्राप्त गर्नेछन् । फेसियल हाउसले हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको छ । फेसनेबल कलरहरु प्रयोग गर्ने फेसियल हाउसले चायापोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको महराले जानकारी दिइन् ।

‘सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवाहरु हामीले उपलब्ध गराउँदै आइरहेका छौं,’ उनले भनिन् । नेपालको नम्बर वान व्युटिसैलुनको अवार्ड पाइसकेको फेसियल हाउस स्थापनाको १६ वर्ष पुरा भइसकेको छ । पछिल्लो समय नाम कपी गर्ने क्रम बढेको बताउँदै महराले फेसियल हाउसको ब्राण्डप्रति नझुक्किन सम्पूर्ण सेवाग्राहीमा आग्रह गरेकी छन् ।

Tags

छुटाउनु भयो कि ?