शिक्षा

नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गराउने मानवरचना विश्वविद्यालयको घोषणा

Lumbinikhabar Online

काठमाडौं – भारतको नयाँदिल्ली स्थित मानवरचना इन्टरनेशनल इन्सटिच्युट अफ रिसर्च एन्ड स्टडिजले नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गराउने घोषणा गरेको छ। शुक्रबार काठमाडौँमा मानवरचनाले इन्फोसेसन कार्यक्रमको आयोजना गर्दै नेपाली विद्यार्थीलाई ५० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउँने र सहुलियत शुल्कमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने घोषणा गरेको हो। कार्यक्रममा बोल्दै मानवरचनाकी मार्केटिङ डेपुटी जनरल म्यानेजर अञ्जली बालाचन्दरनले मानवरचना गुणस्तरीय शिक्षामा प्रतिवद्ध रहेको र यसले नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गर्ने बताइन्। उनले भनिन्, ‘मानवरचना गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई अध्ययन पश्चात रोजगारीको अवसर सृजना गर्न पनि तत्पर छ।

विद्यार्थीले यहाँ अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छन्। विद्यार्थीलाई उद्यमशिल हुने ढंगबाट विश्वविद्यालयले अध्यापन गराउँछ।’ यसलाई नेपालमा विगत १३ वर्ष देखि भारतिय शिक्षा प्रवर्द्र्धनमा केन्द्रित अनुवनि र दक्ष शैक्षिक परामर्शदाताहरू संलग्न भएको संस्था इन्डोग्लोबल फाउन्डेसनले बजार प्रवद्र्धनसँगै शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ। फाउन्डेसनका प्रवन्ध निर्देशक सुदन चौहानले मानवरचना गुणस्तरीय शिक्षा प्रदान गर्न कटिवद्ध रहेको र त्यहाँ अध्ययन गरेका विद्यार्थीले गरेको प्रदर्शनबाट आफू सन्तुष्ट भएको बताए। ‘विद्यार्थीले मानवरचनाबाट गुणस्तरीय शिक्षामात्रै पाएका छैनन् अध्ययन पश्चात आफ्नो क्षेत्रमा अव्वल सावित पनि गरेका छन्।

यस संस्थालाई नेपाली विद्यार्थीमाझ सूचना, जानकारीसँगै परामर्श प्रदान गर्ने काम इन्डोग्लोबलले गरेको छ’,उनले भने। नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा उपलब्ध गराउन छिमेकी मुलकमा रहेको मानवरचना विश्वविद्यालयसँग फाउन्डेसनले सहकार्य गरेको र यस विश्वविद्यालयबाट दुई सय भन्दा बढि नेपाली विद्यार्थीहरू लाभान्वित भइसकेको उनको भनाइ छ। मानवरचनाले यसपटक नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति स्वरुप ५० प्रतिशतसम्म छात्रवृत्ति उपलव्ध गराउने निर्णय गरेको र यसको भरपुर फाइदा नेपाली विद्यार्थीले उठाउन सक्ने जनाएको छ। मानवरचना विश्वविद्यालयका संस्थापक शिक्षाविद् डा. ओ पी भल्ला हुन्।

उनले गुणस्तरीय इन्जिनियरिङ र व्यवस्थापन तर्फका जनशक्ती उत्पादन गर्ने उद्देश्यले यस शिक्षणसंस्थाको स्थापना गरेका हुन्। डिम्ड टु बी युनिभर्सिटिको रुपमा सञ्चालित यस संस्थाले इन्जिनियरिङ, व्यवस्थापन, मनोविज्ञान, अर्थशास्त्र, कम्प्युटर विज्ञान, मानविकी, शिक्षा, कानुन, आन्तरिक डिजाइन, वाणिज्य, व्यापार लगायत विभिन्न क्षेत्रहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यस विश्वविद्यालयमा एक सय भन्दा बढी कार्यक्रमहरूमा २० भन्दा बढी देशका विद्यार्थीहरू अध्ययनरत छन्।

३९ हजार भन्दा बढी अल्मुनाइ रहेको यस संस्थाको २५ वटा सेन्टर अफ एक्सिलेन्स र विश्वभर रहेका ९४ भन्दा बढि शैक्षिक संस्था र उद्योगहरूसँग विश्वविद्यालयले सहकार्य गरेको छ। मानव रचनासँग रहेको करियर डेभलप्मेन्ट सेन्टरले विद्यार्थीहरूलाई अध्ययन पश्चात रोजगारीको अवसरहरू उपलब्ध गराउन मद्धत गर्दै आएको छ।

यसले रोजगार सँगै सफ्ट स्किल विकास गर्न विद्यार्थीलाई सहयोग गर्दै आएको छ। किताबी ज्ञान बाहेक अन्य विषयमा पनि विद्यार्थीलाई सहजिकरण गर्दै आएको यस संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र अभिभावकको प्रतिक्रियाले नै प्रत्येक वर्ष नेपाली विद्यार्थी यस संस्थामा अध्ययनका लागि जाने गरेका छन्। यस विश्वविद्यालयले विद्यार्थीको समग्र विकासलाई जोड दिन अतिरिक्त क्रियाकलापहरू र खेलकुद कार्यक्रमहरूको आयोजना पनि गर्ने गरेको छ।

Tags

छुटाउनु भयो कि ?