शिक्षा

रामेछापका ३ वटा विद्यालयमा रन्जिता फाउण्डेसनको सहयोग

Lumbinikhabar Online

रामेछाप । कोभिड १९ तथा देशमा भएको विनाशकारी महाभुकम्पका समयमा समाजसेवाको माध्यमबाट हजारौंलाई राहत वितरण गर्नुका साथै घरवार विहिनहरुका लागि घर निर्माण गरि पिडितहरुको घाउमा मल्हम लगाएर चर्चा कमाएकी समाजसेवी रन्जिता गुरुङ्ग शिक्षा क्षेत्रमा समेत सक्रिय छिन । गुरुङ्गले शिक्षाबाट वन्चित र शिक्षा आर्जन गर्न नसकेकालाई छात्रवृत्ति प्रदान गर्नुका साथै गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण समेत गर्दै आईरहेकी छिन । विगत १ दशक भन्दा लामो समयदेखि नै समाजसेवीको रुपमा ख्याती कमाउदै आएकी गुरुङ्गले औपचारिक रुपमा आफ्नो संस्था दर्ता गरि विशेष गरि शिक्षाबाट वन्चित विद्यार्थीहरुका लागि विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेकी छिन ।

१ वर्ष अगाडी स्थापना भएको रन्जिता फाउण्डेशन मार्फत हाल देशका विभिन्न ग्रामीण भेगमा रहेको गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्दै आईरहेकी फाउण्डेसनकी अध्यक्ष गुरुङ्गले यस पटक रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउपालिकाको ७ नं. वडाका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक एवं खेलकुद सामाग्री वितरण गरेकी छिन । रन्जिता फाउण्डेशन मार्फत वितरण गरिएको उक्त सामाग्रीहरु गाउँपालिकाको वडा नं ७ स्थित भीमेश्वर मावि थापागांउ, ब्रमाविष्णु आधारभूत विद्यालय, डोरखानी र सेती देवी आधारभूत विद्यालय, डोप्लामा करिव २०० भन्दा वढि विद्यार्थीहरुलाई वितरण गरिएको थियो ।

दोरम्बा शैलुङ्ग गाउपालिकाका समाजसेवी युवा दिपक थापा मगरको सक्रियता र पहलमा वितरण गरिएको शैक्षिक एवं खेलकुद सामाग्री वितरण कार्यक्रममा फाउण्डेशनका अन्य सदस्य लगायत संचारकर्मी राज लुईटेल, अभिनेता श्रीदेव भट्टराई, एलायन्स भेन्चर्सकी सिईओ तथा मोडल अरुणा सुवेदी, मोडल जिवन वस्याल, कर्मा मोक्तान लामा, वडाकै समाजसेवी एवं विद्यालय व्यबस्थापन सदस्य अर्जुन दास लगायतको उपस्थिती रहेको थियो ।
दुई लाख भन्दा वढि रकम वरावरको उक्त शैक्षिक एवं खेलकुद सामाग्री वितरण समारोहमा वडा प्रमुख तथा भीमेश्वर माविका विद्यालय व्यबस्थापनका अध्यक्ष प्रविन मोक्तनले यसै विद्यालयका पूर्व विद्यार्थी दिपक थापा मगरले हाल अध्ययनरत विद्यार्थीभाई वहिनीहरुको लागि अध्ययनमा सहयोग पुगोस भनेर विद्यालयमा सहयोग ल्याउन पहल गरेको र रन्जिता फाउण्डेसनले यसरी विद्यार्थी भाई वहिनीहरुको मुहारमा खुशी ल्याउने महान कार्यको खुलेरै प्रशंसा गरेका थिए । रामेछाप  बागमती प्रदेश सांसद युवराज चौलागाई लगायत उपस्थित वक्ताहरुले पनि फाउण्डेशनको यस्ता सहयोग आगामी दिनमा पनि रहने अपेक्षा गरेका थिए ।

 

Tags

छुटाउनु भयो कि ?