मनोरन्जन

नायक तेज गिरीले हात पारे रजत पदक

Lumbinikhabar Online

काठमाडौं । पछिल्लो चलचित्र “प्रेमगन्ज”बाट अत्याधिक चर्चा कमाएका नायक तेज गिरीले बाके जिल्ला स्ट्रेन्थ लिफ्टिङ्ग संघको आयोजनामा यही १७ र १८ गते नेपालगन्जमा सम्पन्न प्रथम मेयर कप “राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेस प्रतियोगिता २०८०” को ६८ के.जि. तौल समुहमा रजत पदक(Silver Medal) जित्न सफल भएका छन् ।

यस प्रतियोगितामा देशभर बाट लगभग ९० जनाको हाराहारीमा खेलाडीहरुको सहभागीता रहेको थियो । यो प्रतियोगितामा मैले पहिलो पटक सहभागिता जनाएको हो । उनले पहिलो पटकमा नै दोश्रो स्थान हासिल गर्न पाँउदा अतेन्तै खुशी लागेको बताए ।

उहाँ अभिनित “उपहार” चलचित्रको पहिलो गित हिजो ओसआर युट्उब च्यानलबाट रिलिज भएको थियो । गितले राम्रो चर्चा बटुलि रहेको छ । उपहार चलचित्र आउँदो फाल्गुन २५ बाट प्रदर्शनमा आउनेछ।

Tags

छुटाउनु भयो कि ?