समाचार

चार्डपर्वमा महिलाहरूका लागि प्राकृतिक तथा ग्लोइङ फ्रेस मेकअप आवश्यक: सुष्मा महरा

Lumbinikhabar Online

काठमाडौं । नेपालको  नम्बर वान ब्युटी सलुन फेसियल हाउसकी सञ्चालिका तथा प्रबन्धक समेत रहेकी महरा देशको धर्मसंकृति बचाउन हरेक पर्वलाई विषेश रूपमा आफूले फोटोमार्फत भए पनि मौलिकता कायम गर्न कोशिस गरेको बताउँछिन् । साथै, यो सांस्कृति तथा रमाइलो फोटोशुटमा नेपाल स्वतन्त्र कानुन व्यवसायी संघकी अध्यक्ष समेत रहेकी अधिवक्ता आकृति रायमाझी पनि जोडिएकी छिन् ।

सधैं अदालती कामको रापतापबीच रहिरहने रायमाझीले सांस्कृतिक फोटो शुटमार्फत आफ्नो सुन्दरता फोटोमा उतार्न पाएकोमा खुसी व्यक्त गरिन् । ‘दसैँं आम नेपालीहरूको महान पर्व हो, त्यसमा हामी महिलाहरूका लागि थप विशेष हुने गरेको छ । किनभने दुर्गा भवानी पनि महिलानै हुनुहुन्छ, संसार बचाउन दुर्गा भवानीले महिषासुर (राँगाको आकारको एक दानव) को बध गरेको खुसीमा मनाइने पर्व दसैँं हो । सत्यको जितको प्रतिक हो,’ उनले भनिन् ।

यस्तै, चार्डपर्वको बेला महिलाहरूले प्राय: प्राकृतिक तथा ग्लोइङ फ्रेस मेकअप गर्नुपर्ने सुष्मा महरा बताउँछिन् । अहिलेको सिजनमा यही मेकअप लोकप्रिय समेत भइरहेको उनको भनाइ छ । यस्तो मेकअपले हरेक प्रकारका छालालाई आकर्षक देखाउन सहयोग पुर् याउने उनले बताइन् । ‘हामीले कैद गरेका तस्वीरहरूले कस्तो मेकअप गर्ने भन्ने जानकारी पनि दिने गर्दछ,’ महरा भन्छिन्, ‘हरेक महिलाभित्र साक्षात दुर्गा माताको रूप हुन्छ । त्यही रूपको निखारता हरेक महिलाले ल्याउन सक्नुपर्छ । यसकारण महिलाहरूसँग सौन्दर्य जोडिएको हुन्छ ।

साथसाथै परिवार पनि । त्यसैले यो फोटोशुटमा चङ्गा समेत उडाइएको छ ।’ सौन्दर्य व्यवसायको क्षेत्रमा फेसियल हाउस विगत १५ वर्षदेखि निरन्तररूपमा अग्रणी रहँदै आफ्नो उत्कृष्ट सेवा तथा सुविधा दिँदै आएको छ । काठमाडौं मलको चौथौ तलामा मुख्य कार्यालय रहेको यो ब्युटी पार्लरले चाबहिलस्थित गणेशस्थान र केएल टावर तथा सुन्धारास्थित सीटीसी मलमा आफ्नो आउटलेट सञ्चालन गरिरहेको छ । यस्तै, काठमाडौंबाहिर पर्यटकीय नगरी कास्कीको पोखरा, सुर्खेत र धनगडीमा समेत आफ्नो आउटलेट रहेको फेसियल हाउसकी प्रबन्धक महराले जानकारी दिइन् ।

Tags

छुटाउनु भयो कि ?