जीवनसैली

डा. कुन्साङको कस्मेटिक गाईनोक्लोजी डिपार्टमेन्ट उद्घाटन

Lumbinikhabar Online

 

 

 

काठमाडौं / बिदेशमा प्रसिद्धी कमाएको कस्मेटिक गाईनोक्लोजी सेवा नेपालमा पनि मगलबारबाट सुरु भएको छ । यो सेवा नेपालकी चर्चित प्रसुति चिकित्सक डा. कुन्साङ डोमा शेर्पाले सुरु गरेकी हुन् । डा. कुन्साङले आफ्नो नयाँ अस्पताल ‘डा. कुन्साङ डाइनोस्टिक सेन्टर’को कस्मेटिक गाईनोक्लोजी डिपार्टमेन्ट सुरु गरेकी छिन् ।

 

 

 

 

भारतकी चर्चित कस्मेटिक गाईनेक्लोजिष्ट डा. सावना चोन्थाङको प्रमुख आतिथ्यतामा मगलबार सो डाईनोस्टिक सेन्टरको कस्मेटिक गाईनोक्लोजी डिपार्टमेन्ट उद्घाटन गरिएको हो ।

 

 

 

 

बिगत दुई दशकदेखि प्रसुति चिकित्सकको रुपमा सेवा दिँदै आएकी कुन्साङले काठमाडौंको बौद्ध फुलवारी नजिकै आफ्नै घरमा उपचार केन्द्र ‘डा. कुन्साङ डाइनोस्टिक सेन्टर’को कस्मेटिक गाईनोक्लोजी डिपार्टमेन्ट सुरु गरेकी हुन् । आफ्नो डाईनोष्टिक सेन्टरमा प्रसुतिसँगै नाक कान घाँटी, मुटु रोग, दन्त रोग, पेट सम्बन्धि समस्या, छाला तथा चर्मरोग, बालरोगसहित विभिन्न रोगको उपचार हुने गरेको पनि उनले बताएकी छिन् । सो सेन्टरमा अत्याधुनिक ल्याव, भिडियो एक्सरे, इसिजी, इको सहित विभिन्न अत्यावस्यक मेसिनरी सामानहरु रहेको उनको भनाई छ ।

 

 

 

 

‘नेपालमै हामीले पहिलो पटक कस्मेटिक गाईनोक्लोजिस्ट सेवा सुरु गरेका छौं । महिलाहरुको प्रसुतिसँगै विभिन्न रोग र स्किनको समस्याको उपचार कस्मेटिक गाइनो सेवा मार्फत गर्न थालिएको छ ।’ डा. कुन्साङले भनिन् ।

 

 

 

 

गाईनो कस्मेटिक उपचारको लागि आफुहरुले विश्व प्रसिद्ध ‘भेगिसिए’ उपकरण पनि भित्राएको डा. कुन्साङले बताएकी छिन् । यो मेसिनबाट पेट देखि मुहारसम्मको चाउरीएको , झोलिएको, छाला स्क्राच भएको जस्ता समस्याको उपचार हुने पनि उनले बताएकी छिन् । आफुहरुले गाईनो कस्मेटिक अन्तर्गत धेरै किसिमको सेवा दिने गरेको पनि उनले जानकारी गराएकी छिन् ।

 

 

 

 

भारतको मणिपुरमा रहेको सावना सी म्याटर्स एकेडेमी एन्ड एशिया एकेडमी अफ फेमिनिन् एस्थेटिक्सकी अध्यक्ष डा. सावना चोन्थाङले आफ्नो एकेडेमीको शाखा डा. कुन्साङले नेपालमा स्थापना गरेको भन्दै सफलताको शुभकामना दिईन् । कार्यक्रममा डा. सावनाले भनिन्,‘अब कस्मेटिक गाईनो उपचारको लागि भारत जानु पर्दैन । नेपालमै डा. कुन्साङले सावना सी म्याटर्स एकेडेमी एन्ड एशिया एकेडमी अफ फेमिनिन एस्थेटिक्स सेन्टरको साखा काठमाडौंको बौद्धमा स्थापना गरेर यो सेवा यहीबाट दिन थाल्नु भएको छ ।’ यो सेवाले नेपालमा धेरै महिलाहरुलाई फाईदा पुग्ने विश्वास आफुले लिएको पनि डा. सावनाले बताईन् ।

 

 

 

 

कार्यक्रममा डा. सावनाले नयाँ डा. कुन्साङ डाइनोस्टिक सेन्टरको सफलताको शुभकामना दिईन् । प्रसुति समस्यासँगै विभिन्न रोगको उपचार हुने भएकाले डा. कुन्साङको डाइनोष्टिक सेन्टरले राम्रो सेवा दिने डा. सावनाले कार्यक्रममा बताईन् ।

 

 

 

 

आफुसँग कस्मेटिक गाईनोक्लोजिस्ट्को प्रशिक्षण लिएका नेपालका विभिन्न गाईनो डाक्टरहरुलाई सो क्रममा डा. सावनाले प्रमाणपत्र प्रदान गरिन् । उनीहरुले केक काटेर ‘डा. कुन्साङ डाइनोस्टिक सेन्टर’ उद्घाटनको खुसीयाली मनाएका थिए ।

Tags

छुटाउनु भयो कि ?