टप खबर

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : ओली

Lumbinikhabar Online

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताउनुभएको छ । ओलीले खशी, बोकालगायतका वस्तुहरु चोरी पैठारी गर्दा पनिसरकारले नियन्त्रण गर्न नसकेकाले लक्ष्य अनुसार राजस्व उठन नसकेको समेत बताउनुभयो । राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर सोमवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्सारबाटै चोरी पैठारी हुँदा पनि सरकारले केही गर्न नसकेको आरोप लगाउनुभयो ।

 

अध्यक्ष ओलीले विद्युत मुलुकका लागि पर्याप्त नभएपनि सरकारले पुगेजसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले आफूले पहिलो पटक प्रधानमन्त्री भएका बेला मुलुकलाई आधारभुत रुपमा लोडसेडिङ मुक्त गराएको दाबी समेत गर्नुभयो । अध्यक्ष ओलीले मुलुकलाई अघि बढाउनका लागि वैज्ञानिक खोज तथा अनुसन्धानको विषयलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

Tags

छुटाउनु भयो कि ?