समाचार

अक्सिजन अभावमा ५ संक्रमितको मृत्यु

Lumbinikhabar Online

अक्सिजन अभावमा बुटवलमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अक्सिजनको अभावमा बुटवल धागो कारखानाको कोरोना विशेष अस्थाई अस्पतालमा बुधबार ५ जना संक्रमितको ज्यान गएको हो ।  लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.राजेन्द्र खनालले अक्सिजनको अभावमा ५ जनाको ज्यान गएको बताए । उनले अब आवश्यक अक्सिजनको सुनिश्चितता नभएसम्म नयाँ बिरामी भर्ना गर्न सकिने अवस्था नरहेको बताए ।मृत्यु हुनेमा ४ पुरुष र १ महिला छन् । अस्पतालका अनुसार मृत्यु हुनेमा बर्दघाटकी ४४ वर्षीय महिला, बुटवल ८ का २९ वर्षीय पुरुष , बुटवल ११ का ५२ वर्षीय पुरुष, बुटवल १२ का ५९ वर्षीय पुरुष र  १३ का ५२ वर्षीय पुरुष रहेको बताइएको छ ।प्रतिघण्टा १५ वटा सिलिन्डर र थप ५० वटा स्टक सिलिन्डरको सुनिश्चितता नभए अस्पतालमा नयाँ बिरामी भर्ना गर्ने अवस्था नरहेको डा.खनालले बताए ।

Tags

छुटाउनु भयो कि ?