मनोरन्जन

मेरीशा सुवाल मालाकारले हात पारिन ‘मिसेस नेपाल आईकन २०२३’ को उपाधि

Lumbinikhabar Online

काठमाडौं । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न सातौँ संस्करणको ‘मिसेस नेपाल आईकन २०२३’ को उपाधि काठमाडौंकी क्षेत्रपाटी, धोबिचौरकी मेरीशा सुवाल मालाकारले हात पारेकी छिन ।

एएनपी मिडियाद्वारा आयोजित समरोहमा महिला सशक्तिकरणलाई कसरी वर्णन गर्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै मेरीसाले शिर्ष उपाधि जित्न सफल भएकी हुन । उनले उपाधीसंगै मस्ट पपुलर, बेस्ट डान्स र मस्ट पङ्चुअल अवार्डसमेत जितेकी छन । साथै बिजेताले शिर्ष ताजसंगै नगद रु पचास हजारसहित आकर्षक गिफ्ट ह्याम्परहरु समेत प्राप्त गरीन ।

सुमी बानियाँको कोरियोग्राफी तथा रोजिन शाक्यको संचालनमा सम्पन्न प्रतियोगितामा गायिका सत्यकला राई, राष्ट्रिय तथा अन्तराष्ट्रिय नृत्यकार सीता सुवेदी र मोडल तथा संचारकर्मी अरुणा सुवेदी निर्णायक रहेका थिए । प्रतियोगिताको संयोजक शम्भु प्रसाद रेग्मी तथा इभेन्ट मेनेजर लबिश कुमार कार्कीको मेनेजमेन्टमा सम्पन्न प्रतियोगितामा पारु पौडेल्ले फर्स्ट रनर अपको उपाधीसंगै बेस्ट पर्सनालिटी अवार्ड हात पार्दा निर्मला मण्डल कपर सेकेन्ड रनर अप घोषित भईन। साथै मस्ट डिसिप्लेन तर्फको अवार्डसमेत आफ्नो बनाउन सफल रहिन।

त्यस्तै बिधागततर्फ भने रुपा जङ्गम राणाले पब्लिक चोईस, मोष्ट डिजर्भिङ्ग र मेनेजमेन्ट चोईस, स्वस्तीका कुँवरले मिसेस क्याटवाक र मिसेस व्यटिफूल, गीता श्री थापाले मिसेस ट्यालेन्ट र मल्टी मिडिया चोइस, सुस्मिता सिटौलाले मस्ट फोटोजेनिक र बेस्ट आर्टवर्क, ज्योति पौडेलले बेस्ट स्पीच, मुना भुर्तेलले मस्ट फ्रेन्ड्ली र मस्ट चार्मीङ्ग, अम्बीका रघुबँशीले मस्ट कृयटिभ(कूकिङ्ग) र सुनिता वाइबा तामाङ्गले मस्ट डेडिकेटेड अवार्ड हात पार्न सफल रहे।

बिवाहित महिलाहरुको अन्तर्निहीत प्रतिभा उजागर गर्ने तथा सौन्दर्य क्षेत्रमा पदार्पणगर्ने हेतु हरेक वर्ष मिसेस नेपाल आईकनको आयोजना गर्दै आएको आयोजक संस्थाका प्रबन्ध निर्देशक लब बहादर कार्कीले जनाए ।

Tags

छुटाउनु भयो कि ?