News in Nepali

“भाविको लेखान्तमा” मुकुन्द थापाको त्रिदेव अवतार

Lumbinikhabar Online

भावीको लेखान्त नामक टेलि चलचित्रमा कलाकार मुकुन्द थापाको इन्ट्री भएको छ ।

प्रत्येक शुक्रबार साँझ ६ बजेको समयमा प्रशारण हुँदै आएको उक्त धारावाहिक पारिवारिक टेलीचलचित्र “भावीको लेखान्त” मा , नेपालि सिनेमा जगतमा खलनायक पात्रको भूमिका बाट प्रसिद्धि कमाएका कलाकार  “मुकुन्द थापा उर्फ भिमसेन खत्री यो टेलिचलचित्रमा त्रिदेबको भुमिकामा प्रवेश गरेका छन।

कुनैपनी टेलि चलचित्रमा अभिनय नगर्ने भन्ने सोच बनाएर बसेका मुकुन्द थापा भावीको लेखान्तको कथावस्तु र टिमसंगको आकर्षणले गर्दा उक्त टेलिचित्रको सदस्य भएको बताउँछन् ।

दर्शकको माया पाइरहेको भाविको लेखान्तलाई निर्देशक दोय “सुरेन्द्र थापा” र “रमेश बुढा मगर” ले निर्देशन गर्दै आएका छन् । यस्तै एता आमा साबित्रा फिलिम्सको ब्यानरमा बनेको उक्त टेलि चलचित्रका निर्माता तथा श्रृंखला निर्देशन “लेखान्त भुसाल र रमेश बुढा मगर” हुन ।

भाविको लेखान्त टेलिचलचित्रमा कलाकार मुकुन्द थापा लगायत तारा केसि, कमल प्रसाद भट्ट, रमेश अधिकारी, गिता थापा, लेखान्त भुसाल, रमेश बुढामगर, सुरेन्द्र थापा,  आकृती न्यौपाने, यशु भट्टराई, प्रबिण पुरी, सबिन घिमिरे लगाएत अन्य थुप्रै कलाकारहरुको अभिनय रहेको छ। भने छायांकन घनश्याम पोख्रेलले गर्दै आएका छन् ।

Tags

छुटाउनु भयो कि ?