News in Nepali

हिट र फ्लपको जस-अपजस कुनै एक कलाकारको टाउकोमा मात्रै थुपार्न मिल्दैन : स्वस्तिमा

Lumbinikhabar Online

नेपाली फिल्म क्षेत्रमा कुनै पनि फिल्म हिट भए त्यसको जस पुरै युनिटले लिन खोज्ने र फ्लप भए हिरो वा हिरोइनलाई दोष थोपर्ने प्रवृत्ति छ ।

अभिनेत्री स्वस्तिमा खड्का भने फिल्म हिट र फ्लपको जस कुनै एक कलाकारको टाउकोमा थुपार्न नमिल्ने बताउँछिन् । सोमबार फिल्म फिल्म ‘ऐँचो पैँचो’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले एउटा फिल्म सफल वा असफल हुनुमा धेरै व्यक्तिको हात हुने बताउँदै एक जनालाई थुपार्ने परिपाटी नराम्रो भएको बताइन् ।

आफू अभिनीत फिल्म ‘ऐँचो पैँचो’ सफल बन्नेमा उनी आशावादी छिन् । तर, सबैको प्रयासले मात्रै सफलता हासिल हुने उनको भनाइ छ ।

‘मैले फिल्म नै काँधमा बोकेर हिँड्न सम्भव छैन । बोक्छु भनेर भन्न पनि मिल्दैन किनभने एक जनाले मात्रै फिल्म चलाउन सकिन्नँ’, उनले भनिन् ‘फिल्मको प्रि प्रोडक्शनदेखि जोडिने हरेक व्यक्तिको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।’

राजनीतिक पृष्ठभूमिको कथामा बनेको फिल्म ‘ऐँचो पैँचो’मा स्वस्तिमाका केही संवादले दर्शकमा उनको भूमिकाप्रति उत्सुकता बढाएको छ । कोही व्यक्तिसँग प्रतिशोध राख्नकै लागि स्वस्तिमाले राजनीति सुरु गरेको ट्रेलरमा समेत देखाइएको छ ।

‘ऐँचो पैँचो’ कृषा चौलागाईले निर्देशन गरेकी हुन् । फिल्मका स्वस्तिमाको अलवा मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी लगायतको अभिनय छ ।

Tags

छुटाउनु भयो कि ?