News in Nepali

१४ अंक बढ्यो सेयर बजार

Lumbinikhabar Online

आइतबार सेयर बजारको परिसूचक नेप्से १४.८१ अंक बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २०८० अंकमा कायम भएको छ । कुल ३ अर्ब १ करोड रुपैयाँ बराबरको कारोबार भयो । १०० कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ५ को स्थिर रहृयो ।

बैंकिङ उपसमूह १३, विकास बैंक २१, होटल तथा पर्यटन १०७, जलविद्युत् १८, जीवन बीमा ५८ र निर्जीवन बीमा उपसमूह २४१ अंक बढे । फाइनान्स १, उत्पादन १०, माइक्रोफाइनान्स १३ र अन्य उपसमूह ०.१ अंक घटे ।
थ्रीस्टार हाइड्रोपावर र अपर स्याङ्जेको मूल्य १० प्रतिशत बढ्यो । माउन्टेन इनर्जीको मूल्य ९.७ तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य ८.६ प्रतिशत बढ्यो ।

आजबाट दोस्रो बजारमा कारोबार भएको घोराही सिमेन्टको मूल्य १० प्रतिशत घट्यो । कम्पनीको मूल्य प्रतिकित्ता ५०९ रुपैयाँ कायम भएको छ । प्रतिकित्ता ५६५.५ रुपैयाँमा कम्पनीको पहिलो कारोबार भएको थियो ।
अभियान लघुवित्तको मूल्य ७ प्रतिशत घट्यो भने सिंगटी हाइड्रोको ६.५५ प्रतिशत घट्यो । नेपाल इन्स्योरेन्स कम्पनी (संस्थापक), घोराही सिमेन्ट, सोल्टी होटल, माउन्टेन इनर्जी र आईएमई लाइफ इन्स्योरेन्स कारोबार रकमका आधारमा क्रमशः अगाडि रहे ।

Tags

छुटाउनु भयो कि ?