News in Nepali

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘रामनगर समुदायिक हस्पिटल’ मा विशेष छुट

Lumbinikhabar Online

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले नवलपरासीको भुमहीमा रहेको ‘रामनगर समुदायिक हस्पिटल’ मा विशेष छुट पाउने भएका छन्।

बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन उक्त हस्पिटलसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ।

यस व्यवसायिक सम्झौतापछि विकास बैंकका भिसा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले उक्त हस्पिटलको विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

Tags

छुटाउनु भयो कि ?