News in Nepali

२५ वर्षपछि सहकार्य गर्दै सलमान खान र करण जोहर

Lumbinikhabar Online

बलिउड अभिनेता सलमान खान र निर्माता तथा निर्देशक करण जोहर २५ वर्षपछि सहकार्य गर्दैछन्।

सलमानले सन् १९९८ मा करण जोहरको फिल्म ‘कुछ कुछ होता है’ मा काम गरेका थिए। फिल्ममा अभिनेता शाहरूख खान मुख्य भूमिकामा थिए भने उनी सहायक भूमिकामा देखिएका थिए।

अब २५ वर्षपछि उनीहरूले सहकार्य गर्न लागेका हुन्। भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार करणको धर्मा प्रोडक्सनबाट निर्माण हुने फिल्मलाई विष्णु वर्धनले निर्देशन गर्नेछन्।

पछिल्लो छ महिनादेखि छलफल गरेपछि उनीहरूले सहकार्य गर्ने पक्का भएको हो। फिल्मको छायांकन नोभेम्बर २०२३ मा सुरू हुनेछ।

यो फिल्म २०२४ को क्रिसमसमा रिलिज हुने बताएको छ। फिल्मको नाम र कलाकारको घोषणा हुन बाँकी छ।

विष्णु वर्धनको यो दोस्रो फिल्म हो। यसअघि उनले फिल्म ‘शेरशाह’ निर्देशन गरेका थिए।

सलमान हाल फिल्म ‘टाइगर ३’ मा व्यस्त छन्। यसपछि उनी ‘टाइगर भर्सेस पठान’ र ‘प्रेमकी शादी’ लगायत फिल्ममा देखिनेछन्।

Tags

छुटाउनु भयो कि ?