बिजनेस

एनआरएनए उपाध्यक्षमा गणेश केसीले उम्मेदवारी दिने

Lumbinikhabar Online

अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अष्ट्रेलिया निवासी गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिने इच्छा ब्यक्त गर्नु भएको छ । गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएको केसीले संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औ अन्तराष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने चाहना राख्नु भएको हो ।

वर्तमान आइसिसी उपमहासचिव रहनु भएको केसीले अग्रजहरुको सल्लाह सुझाव अनुसार उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताउनुभयो । एनआरएनए अष्ट्रेलियाको पूर्व अध्यक्ष हुँदै एनआरएनएका विभिन्न टास्क फोर्समा रहेर जिम्मेवारी निर्वाह गरिरहदै आउनु भएको छ ।

केसी हाल एनआरएनए स्कील तथा भोकेशनल एजुकेशन कमिटिको संयोजकको भूमीकामा रहनु भएको छ । केसीकै नेतृत्वमा नेपालमा विदेशी ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्दै सीपमूलक कार्यक्रम समेत सञ्चालन हुँदैछ ।

Tags

छुटाउनु भयो कि ?