News in Nepali

मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुले देखेका मुटुसम्बन्धी खास समस्या

Lumbinikhabar Online

वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजुले बिरामीहरूको मुटु छामेको २० वर्षभन्दा बढी भइसक्यो । चिकित्सा उनको पेसा हो । यसबाहेक उनी लेख रचनामा पनि उत्तिकै सक्रिय रहन्छन्, गीत गुन्गुनाउन र चित्र कोर्न पनि रुचि राख्छन् ।

डा. कोजु हेल्थ असिस्टेन्ट, मेडिकल अफिसर, मुटुरोग विशेषज्ञ, अस्पतालको निर्देशक हुँदै काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको दुई कार्यकाल डिन समेत भए । एक हप्ताअघि मात्र उनले डिनको कार्यभारबाट अवकाश पाएका छन् । धुलिखेल अस्पतालको संस्थापक सदस्य पनि हुन् डा. कोजु ।

उनै प्रा. डा. कोजुले धुलिखेल अस्पतालमा मुटुरोग विशेषज्ञको रूपमा काम गरिरहँदा र काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको डिन हुँदा बटुलेको अनुभव हामीसँग साटेका छन् ।

Tags

छुटाउनु भयो कि ?