News in Nepali

‘ओ माइ गड २’ को २० दृश्य काट्ने सेन्सर बोर्डको निर्णय

Lumbinikhabar Online

बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘ओ माइ गड २’ भारतीय सेन्सर बोर्डमा रोकिएको छ।

भारतीय सञ्चारमाध्यम इ-टाइम्सका अनुसार सेन्सर बोर्डले फिल्मको २० दृश्य काट्दै एडल्ट सर्टिफिकेट दिने निर्णय गरेको छ। यस विषयमा निर्मातालाई कारण देखाऊ सूचना पठाइएको थियो। तर निर्माताले कुनै प्रतिक्रिया नदिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

फिल्मको स्क्रिनिङमा बोर्डका अध्यक्ष प्रसुन जोशी पनि उपस्थित थिए। बोर्डले फिल्मलाई समीक्षा समितिमा पठाएको छ। बुधबार समीक्षा समितिले फिल्म हेरेपछि फिल्म प्रदर्शनबारे तय गरिने बताइएको छ।

फिल्म रिलिज हुन १६ दिन मात्रै बाँकी हुँदा पनि बोर्डबाट ‘क्लियरेन्स’ भने आउन सकेको छैन। यो फिल्म यौन शिक्षामा आधारित भएको हुँदा सेन्सर बोर्डमा अड्किएको हो।
अमित राय लिखित तथा निर्देशित फिल्ममा अक्षयसँगै पंकज त्रिपाठी र यामी गौतमको मुख्य भूमिका छ।

यो फिल्म अगस्ट ११ देखि प्रदर्शन हुँदैछ। यहि मितिमा सनी देओल र अमीषा पटेलको फिल्म ‘गदर २’ पनि प्रदर्शन हुनेछ।
सन् २०१२ मा प्रदर्शन भएको फिल्म ‘ओ माइ गड’ बक्स अफिसमा हिट भएको थियो। फिल्ममा परेश रावलले भगवानलाई अदालतमा मुद्दा हालेका थिए।

Tags

छुटाउनु भयो कि ?