News in Nepali

सय करोड कमाउने पहिलो पन्जाबी फिल्म बन्यो ‘क्यारी अन जट्टा ३’

Lumbinikhabar Online

गायक गिप्पी ग्रेवाल र सोनम बाजवा अभिनीत फिल्म ‘क्यारी अन जट्टा ३’ सय करोड कमाउने पहिलो पन्जाबी फिल्म बनेको छ।

भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार फिल्मले विश्वव्यापी रूपमा सय करोड कमाएको हो। यो फिल्म भारतको ५६० स्क्रिनमा प्रदर्शन भइरहेको छ। असार १४ गतेदेखि भारतसँगै अन्य ३० देशमा पनि फिल्म प्रदर्शन भइरहेको छ।

‘क्यारी अन जट्टा ३’ पहिलो दिन सबैभन्दा धेरै कमाउने पन्जाबी फिल्म हो। फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ४ करोड ५० लाख भारू कमाएको थियो। अन्य पन्जाबी फिल्मको भन्दा यो दोब्बर कमाइ हो।

यो फिल्मको बजेट १० करोड १२ लाख बताइएको छ।

स्मिप कान्ग निर्देशित फिल्ममा गिप्पी र सोनमसँगै बिन्नु ढिल्लो, कविता कौशिक, शिन्दा ग्रेवाल, गुरप्रीत घुग्गीलगायत कलाकारको अभिनय छ।

‘क्यारी अन जट्टा’ को पहिलो संस्करण सन् २०१२ प्रदर्शन भएको थियो भने दोस्रो संस्करण सन् २०१८ मा प्रदर्शन भएको थियो।

Tags

छुटाउनु भयो कि ?