News in Nepali

ज्याकलिनले किनिन् मुम्बईमा नयाँ घर, बनिन् आलिया र करीनाको छिमेकी

Lumbinikhabar Online

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले मुम्बईस्थित बान्द्रा वेस्टमा नयाँ घर किनेकी छन्।

उनको घर पाली हिलको पश इलाकामा छ, जहाँ धेरै बलिउड कलाकारहरू बस्छन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार ज्याकलिनको नयाँ घरमा स्विमिङ पुल, जिम र लाउन्ज छ।

आइतबार सामाजिक सञ्जालमा एक भिडिओ सार्वजनिक भएको छ। सो भिडिओमा ज्याकलिन नयाँ घरमा देखिएकी छन्। तर उनले आफ्नो नयाँ घरको बारेमा केही बताएकी छैनन्।

ज्याकलिनको नयाँ घर नजिकै रणवीर कपूर-आलिया भट्ट र करीना कपूर खान-सैफ अली खान जस्ता कलाकारहरू बस्छन्।

ज्याकलिनको नयाँ घर पाली हिलको नवरोज भवनमा छ। त्यहाँ घरको मूल्य १२ करोड भारूबाट सुरू हुने बताइएको छ।

यसअघि ज्याकलिन मुम्बईस्थित प्रियंका चोपडाको घरमा बस्थिन्। सो घर उनले ७ करोड भारूमा किनेकी थिइन्।

ज्याकलिन फिल्म ‘फतेह’ मा देखिनेछिन्। वैभव मिश्राले निर्देशन गरेको फिल्ममा सोनु सुद र विजय राजको पनि मुख्य भूमिका छ। योसँगै उनी क्राइम एक्सन फिल्म ‘क्रैक’ देखिनेछिन्। आदित्य दत्तले निर्देशन गरेको फिल्ममा विद्युत जामवाल र अर्जुन रामपालको पनि मुख्य भूमिका छ।

Tags

छुटाउनु भयो कि ?