News in Nepali

विजय लामाको फिल्म ‘अन्तिम संस्कार’ को गीत सार्वजनिक

Lumbinikhabar Online

प्रदीप शाहीको निर्देशनमा बनेको फिल्म ‘अन्तिम संस्कार’ को गीत सार्वजनिक गरिएको छ।

आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ‘सर्काे’ बोलको ओएसटी गीत सार्वजनिक गरिएको हो। गीतमा स्वप्निल शर्माको शब्द, संगीत तथा स्वर रहेको छ। गीतको भिडिओमा फिल्मका केही दृश्यहरू समावेश गरिएको छ।

सामाजिक तथा सांस्कृतिक कथावस्तुमा निर्माण भएको फिल्ममा विजय लामा, दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ्ग शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, सुरज खालिङलगायत कलाकारको अभिनय छ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य बनेको फिल्मको विनोद सुवेदी क्षितिज र नविनकुमार शाही निर्माता हुन्।

बाबु श्रेष्ठको छायांकन गरेको फिल्मलाई रूपेश गुरुङले सम्पादन गरेका छन्। यो फिल्म असार ८ गतेदेखि प्रदर्शन हुनेछ।

Tags

छुटाउनु भयो कि ?