टप खबर

राष्ट्रपति द्वारा रेशम चौधरीको कैद सजाय माफी

Lumbinikhabar Online

सरकारले सर्वाेच्च अदालतबाट पनि जन्मकैदको सजाय सुनाइएका रेशम चौधरीको कैद सजाय माफी गरेको छ ।

 

मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले रेशमको जन्मकैद सजाय माफी गर्ने निर्णय गरेका हुन् ।

 

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।’

 

मन्त्रिपरिषद्को सिफारिसमा रेशमसहित १९ जनाले कैद सजाय माफी पाएका छन् । आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा कैद सजाय माफी गरेका हुन् ।

 

 

 

 

यस्तै, राष्ट्रपति पौडेलले ७ जना जेष्ठ नागरिकसहित ४८२ जनाको पनि बाँकी कैद सजाय माफी गरिदिएका छन् ।

Tags

छुटाउनु भयो कि ?