मनोरन्जन

प्रख्यात संगीतकार शम्भूजीतको सङ्गीतमा ‘माया हुन्छ भनन’ सार्वजनिक(भिडियो)

Lumbinikhabar Online

प्रख्यात सङ्गीतकार शम्भूजीत बासकोटाको सङ्गीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीत  ‘माया हुन्छ भनन’ लाई सार्वजनिक गरिएको छ । गीतकार ज्ञानेन्द्र गदालको शब्दरचना र दीक्षित पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई बिहीबार  काठमाडौंमा म्युजिक नेपालद्वारा एक समारोहबीच सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बरिस्ठ सङ्गीतकार शम्भूजीत बासकोटा, गायक राम कृष्ण ढकाल , म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा, निर्देशक निकेश खड्का लगायतको उपस्थिति थियो । गीतको म्युजिक भिडियोमा गायक ढकाल र नायिका केकी अधिकारी अभिनय छ ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको क्यामेरा र विकास धमलाको  सम्पादन छ । गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानल, म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स  र ६० भन्द बढी डिजिटल प्लेटफर्ममा एकसाथ सार्वजनिक गरिएको छ  । कार्यक्रममा गायक रामकृष्ण ढकालले केही लाइभ गीत गाउदा उपस्थित व्यक्तिबाट वान्स अगेन र हुटिंङगर्दै  रमाइलो गरेका थिए ।

लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आउनुभएका गीतकार ज्ञानेन्द्र गदाल नेपाली गीत, कथा, कविता ,गजल लगायतको बिभिन्न साहित्यीक लेखनमा निरन्तर हुनुहुन्छ ।

Tags

छुटाउनु भयो कि ?