टप खबर

नेपाली बजारमा आयो जार्बोट

Lumbinikhabar Online

विभिन्न प्रकारका न्यूरोलोजिकल डिसअर्डरमा प्रयोग हुँदै आएको बोटुलिनम टक्सिन अब नेपाली बजारमा जार्बोट ब्रान्डको नामले उपलब्ध हुने भएको छ ।
वैशाख ८ गते शुक्रबार बरिष्ठ न्यूरो सर्जन डा.वसन्त पन्तको अध्यक्षतमा भएको मुभमेन्ट डिसअर्डर एण्ड न्यूरो रिह्याबीलिटिएसन कार्यक्रम मार्फत् जार्बोट ब्रान्ड लन्च गरिएको हो ।

विश्वभर ख्यातिप्राप्त भारतीय औषधी कम्पनी गुफिक बायोसाइन्सेस लिमिटेड, मुम्बईले नेपालमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरेर आफ्नो उत्पादन नेपाली बजारमा बिक्री वितरण सुरुवात गरेको छ ।


कार्यक्रममा बोल्दै बरिष्ठ न्यूरो सर्जन डा.वसन्त पन्तले सर्जरी गर्न नचाहनेका लागि यो ब्रान्ड उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
गुफिक बायोसाइन्सेस लिमिटेडका मेडिकल डाइरेक्टर डा. राजेश लालचन्दानीले विश्वका अन्य मुलुकमा झैं नेपालमा समेत बोटुलिनमको प्रयोग बढ्दै जाने बताउनु भयो ।
सो कार्यक्रममा डा.अभिनाश चन्द्रले बोटुलिनम टक्सिनको महत्व नेपाली जनतालाई सुसुचित गराउनुपर्नेमा जोड दिनुभयो ।
गुफिक बायोसाइन्सेसका नेपालका कन्ट्री मेनेजर दिपक भट्टाचार्यले जार्बोर्ट ब्रान्डको बोटुलिनम टक्सिन नेपालका सबै शहरहरुमा उपलब्ध हुने जानकारी दिनुभयो ।

Tags

छुटाउनु भयो कि ?