News in Nepali

दयाहाङ अभिनित फिल्म ‘नांगो गाउँ’ भदौ २९ मा रिलिज हुने

Lumbinikhabar Online

दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘नांगो गाउँ’को प्रदर्शन मिति तय भएको छ । निर्माताले आइतबार टिजर पोस्टर सार्वजनिक गर्दै भदौ २९ गतेलाई प्रदर्शन मितिको रुपमा तय गरेका हुन् ।

हलमा ‘जारी’ले राम्रो कमाइ गरिरहँदा दयाहाङ र मिरुनाको नयाँ फिल्मले तीज छेकोलाई मिति तय गरेको हो । दीपेन्द्र लामाको निर्देशन रहेको यो फिल्मको छायांकन भइरहेको छ । फिल्ममा कार्म, बुद्धि तामाङ र रविन्द्र झाको पनि शीर्ष भूमिका छ ।
साम्राज्ञी शाहको विशेष केमियो भूमिका रहेको जनाइएको छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठको लगानी छ ।

सार्वजनिक टिजर पोस्टरले फिल्मको कथावस्तु र सेटिङलाई चित्रण गरेको छ । एक गाउँको पृष्ठभूमिमा चुनावी र्‍याली गरेको दृश्य पोस्टरमा चित्रित छ । कबड्डी ४ र जारीपछि मिरुना र दयाहाङले तेस्रोपटक स्क्रिन सेयर गर्न लागेका हुन् ।

Tags

छुटाउनु भयो कि ?