मनोरन्जन

सत्यकला वमजनको ‘तिम्रो यादले रोगी बनायो’ सार्वजनिक(भिडियो)

Lumbinikhabar Online

काठमाडौं । गीतकार सत्यकला बमजनले आफ्नो शब्दमा एउटा मर्मस्पर्शी गीत रेकर्ड गराएर म्युजिक भिडियोको साथमा सार्वजनिक गरेकी छिन् । गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘तिम्रो यादले रोगी बनायो’ गीत निकै मार्मिक र गहन छ । गीतमा सत्यकलाले आफ्नो उत्कृष्ट शब्दको साथमा अभिनय पनि गरेकी छिन् ।

बादल थापाको संगीत तथा सुबिन सेन्चुरीको संगीत संयोजन पनि भिडियोमा सत्यकलालाई ज्ञानु नेपाली , कृष्टिना केसी ,आराध्य आरएल डिसी र बिनोद चौलागाईले साथ दिएका छन् ।  बिक्रम चौहानको कथा निर्देशन , मिलन विश्वकर्माको सम्पादन र प्रकाश खड्काको छायांकन रहेको छ यो म्युजिक भिडियो एएमएस ईन्टरटेनमेन्ट नामको युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । गेलु तामाङ्ग र संगीता नेपालीको निर्माण रहेको भिडियो उत्कृष्ट बनेको छ ।

Tags

छुटाउनु भयो कि ?