News in Nepali

मन्त्रिपरिषद्‍ विस्तारको गृहकार्य अन्तिम अवस्थामा छ : मन्त्री शर्मा

Lumbinikhabar Online

नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छन् । मन्त्रिपरिषद् विस्तार नहुँदा सरकारको कामकारबाही प्रभावित भएको भन्दै आलोचना भइरहेका बेला सरकारकी प्रवक्ताको यस्तो अभिव्यक्ति आएको हो ।

सत्तारुढ दलहरूबीच मन्त्रालय भागबण्डाको विषयमा विवाद भइरहेका बेला मन्त्री शर्माले भनिन्, ‘प्रधानमन्त्रीले भर्खरै विश्वासको मत लिनुभएको छ । सरकार विस्तारको चरणमा हामी छौं । सरकार विस्तारको गृहकार्य करिबकरिब अन्तिम अवस्थामा आएको छ । अब एकदुई दिनमै सरकार विस्तारले पूर्णता पाउनेछ ।’

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन सकेको पनि दाबी गरिन् । ‘यो सरकार गठन भएपछि जनताले सकारात्मक आशा पलाएको छ । यो सरकारले कही गर्छ भन्ने कुराको भाव दिन यो सरकारको नेतृत्व सफल भयो । त्यो ने सबै भन्दा ठूलो कुरा हो । त्यो नै महत्वपूर्ण कुरा हो,’ उनले भनिन् ।

त्यस्तै, संक्रमणकालीन न्याय निरुपणका लागि सरकारले सोसम्बन्धि विधेयक संसद्मा ल्याएको र त्यसैलाई छिट्टै पारित गरी कार्यान्वयनमा लैजाने बताइन् ।

 

Tags

छुटाउनु भयो कि ?