News in Nepali

उपराष्ट्रपतिमा कसलाई मतदान गर्ने भन्ने विषयमा रास्वपा अझै अनिर्णित

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)ले उपराष्ट्रपतिको विषयमा अझै निर्णय गरेको छैन । आज उपराष्ट्रपतिको चुनाव हुने दिन भएपनि सवा एक बजेसम्म निर्णय गरेको छैन । उपराष्ट्रपतिको मतदान गर्ने समय आज ३ बजेसम्म मात्रै तोकिएको छ ।

तर, अहिलेसम्म रास्वपाले कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय गरेको छैन । पार्टीका नेताहरुले बैठक जारी भएकाले केहीबेरमा निर्णय गर्ने बताएका छन् । ‘अझै निर्णय भएको छैन । अबको केहिबेरमा उपराष्ट्रपतिमा कसलाई भन्नेमा निर्णय हुन्छ, त्यसपछि सार्वजनिक हुन्छ’ रास्वपाका मनिष झाले भने । उपराष्ट्रपतिको चुनावको मतदान सकिन लाग्दा समेत रास्वपाले अनिर्णित गर्न नसक्दा धेरै चकित परेका छन् ।

Tags

छुटाउनु भयो कि ?