News in Nepali

पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते, चितुवा मृत फेला

Lumbinikhabar Online

२०७९ चैत १ गते ११:४६
२ जनालाई आक्रमण गरेपछि मृत भेटिएको चितुवा ।
१ चैत, पोखरा । पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा रुपा गाउँपालिका-४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिना छन् ।

सामान्य घाइते अवस्थामा रहेका उनीहरूको उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा ल्याइएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले जानकारी दिए ।
पछि चितुवा मृतावस्थामा फेला परेको उनले बताए ।
स्थानीय मानिस, प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिने प्रयास भइरहेकोमा चितुवा मरेको अवस्थामा झाडीमा फेला परेको छ,’ डीएसपी जोशीले भने, ‘अहिले चितुवालाई वन कार्यालयको जिम्मा लगाइएको छ ।’
पोखरा महानगरपालिका १८ भकुण्डेस्थित ध्रुव थापालगायत ७ जनाले सामूहिक रुपमा सञ्चालन गर्दै आएको कालिज फार्मममा बुधबार बिहान करिब साढे ७ बजेतिरको समयमा फार्ममा अचानक चितुवा पसेको र सोही फार्ममा काम गर्ने कामदारलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?