मनोरन्जन

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा बजगाई निर्वाचित

Lumbinikhabar Online

काठमाडौ । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा संगीतकार राजेन्द्र बजगाई निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न प्रतिष्ठानको पहिलो साधारण सभाबाट बजगाई निर्विरोध निर्वाचित भएका हुन् ।
दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्ष सहित सम्पूर्ण पदमा निर्विरोध भएको थियो । जस अन्र्तगत उपाध्यक्षमा मोडल उषा उप्रेति, महासचिवमा संगीतकार दिपक शर्मा, सचिवमा गायिका सुजाता केसी, कोषाध्यक्षमा गायक नारायण बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा भद्र बहादुर वली, महेन्द्र चन्द (माइकल), भुवन बहादुर नेपाली, पुस्कर सुनुवार, रिता केसी, उत्तम प्रसाद अधिकारी, शिलन लम्साल, मनोज परियार, नवराज उप्रेति, सबिन सुबेदी, बेनिशा पौडेल र प्रतिक्षा काफ्ले निर्विरोध निर्वाचित भएका हुन् ।
खानेपानी मन्त्री  अब्दुल खानको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा संस्थालाई सहयो पु¥याउने बभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । प्रेस सल्लाहकार समेत रहेका तथा संस्थाको नामकरण गर्ने पत्रकार बिष्णु प्रसाद सुबेदी सहित सञ्चार माध्यमबाट सहयोग पु¥याएका पत्रकारहरु कुबेर गिरी, रघुनाथ सापकोटा, बाबुराम सिग्देल, गिता अधिकारी, सानु श्रेष्ठ, कृष्ण भुषाल, राज लुइटेल लगायतलाई पनि सम्मान गरिएको छ । यस्तै कार्यक्रममा बिभिन्न क्षेत्रबाट सहयोग पु¥याएका अन्य श्रष्टा तथा प्रस्तोताहरुलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै संस्थाका संरक्षक बरिष्ठ कला साधक तथा बरिष्ठ चिकित्सक डा. भोला रिजालले संस्थाको उद्देश्य मन परेर आफुले संरक्षकत्व प्रदान गरेको जनाए । उनले संस्थालाई सही मार्गमा हिड्न सदैव आफ्नो अभिभावकिय भूमिका रहने पनि बताएका छन् ।
यस्तै खानेपानी मन्त्री खानले आफु पहिले देखि नै कला प्रेमी रहेको बताउँदै आफ्नो ब्यक्तिगत तथा मन्त्रालय र नेपाल सरकारका तर्फबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्न आफु तयार रहेको जनाएका छन् ।
कार्यक्रममा पत्रकार सुबेदी, बरिष्ठ संगीतकार टिका भण्डारी, संस्थाका कानुनी सल्लाहकार राजेन्द्र शर्मा, अधिवत्ता गीता पोखरेल र संस्थाका सल्लाहकार माधव खरेलले संस्थाको आर्थिक विकासका लागि जनही १० हजार सहयोग प्रदान गरेका थिए । यस्तै संरक्षक डा रिजालले २५ हजार सहयोग प्रदान गरेका छन् ।
संगीतकार संघका अध्यक्ष चेतन सापकोटा, रोयल्टी संकलन समाजका महासचिव बि. पाण्डे, बरिष्ठ गायक रामकृष्ण ढकाल, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, बरिष्ठ संगीतकार टिका भण्डारीलगायतले आ–आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा बोल्दै बिभिन्न ब्यक्तिहरुले संस्था जन्माउनु मात्र प्रमुख कुरा नभएर यसले कसरी काम गर्छ भन्ने महत्वपूर्ण भएको जनाए । कला क्षेत्रमा थुप्रै संस्थाहरु रहेको भन्दै ति सबैभन्दा फरक र अब्बल हुन नवनिर्वाचित कार्यसमितिलाई सुझाव समेत दिएका छन् ।
कार्यक्रममा महासचिव दिपक शर्माले संस्था स्थापना देखि हालसम्म भएगरेका काम बारे जानकारी गराएका थिए । यस्तै अध्यक्ष बजगाईले संस्था स्थापनको उद्देश्य देखि आगामी कार्ययोजनाका बारे प्रष्ट पारेका थिए ।

Tags

छुटाउनु भयो कि ?