News in Nepali

यमनमा डुङ्गा दुर्घटना हुँदा २१ जनाको मृत्यु

Lumbinikhabar Online

यमनमा भएको डुँगा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो । यमनको उत्तरी रेड सीमा सो डुँगा दुर्घटना भएको हो । उक्त डुँगामा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ ।

उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुँगा डुबेको बताइएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि सो समाचारमा जनाइएको छ ।आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुँगा डुबेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र छ जना बालबालिका थिए ।

डुँगा डुबेपछि उद्धारको कार्य गरिएको र छ जनालाई जीवितै उद्धार गरेर अस्पताल पुर्याइएको छ ।

Tags

छुटाउनु भयो कि ?