आर्टिकल्स

अब हामी कता जादै छौ ?

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

राजनीतिक दलहरुले देश बनाउने कुरामा खासै ध्यान दिएको देखिदैन । आज देश संकट तर्फ उन्मुख हुदैछ । देशको अर्थतन्त्र डामाडोल भएको संकेत अर्थसास्त्रीहरुले दिइरहेका छन । अब हामी कता जादै छौ ? देशको अबस्था कता जादै छ ? अब सरकारले कस्तो भूमिका खेल्ने ? यी प्रश्न यति बेला उठने गरेका छन । देशमा ब्यवस्था बदलियो तर जनताको अबस्था नबदलिए पछि ब्यवस्था परिवर्तनको के अर्थ ? राजनीतिक दल र तिनका नेता, टाठाबाठा कार्यकर्ता र आसेपासे बाहेक अरुको अबस्था बदलिन सकेको छैन ।

मान्छे ज्यूदै आगो लगाएर आफै आत्मदाह गर्न किन बाध्य छन ? यो प्रश्नको खोजिगर्नु पर्छ । देश र जनताको भाग्य र भबिश्य बनाउने कुरामा सबै चिन्तित हुनु पर्ने बेला भएको छ । आज हामी हेरिरहेका छौं, राजनीतिक दलहरुको भूमिका त्यति राम्रो छैन । सत्ता स्वार्थ र ब्यक्तिगत स्वार्थ बाहेक राजनीतिक दलहरु र तिनका नेताहरुले अरु केही हेरेनन् । त्यसो भएर यो मुलुक बन्न नसकेको हो अरु केही होइन । सरकारमा गएर सत्ता चलाउन र सुशासन कायम गराउन दलहरु असफल हुँदै आएका छन् । यो कुरा त सबैले स्वीकार्न पर्छ । मुख्य दल शासकीय दृष्टिले त्यति सफल देखिन सकेका छैनन् । यद्यपि, अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको अभ्यास भइरहेको छ ।

यो शासन व्यवस्था ल्याउन राजनीतिक दलहरुको मात्र होइन, आम नागरिकको पनि प्रमुख भूमिका रहेको थियो । आज आएर आमनागरिक निराश छन । किन हो ? यसको बारेमा नेताहरुलाई कुनै चासो र सरोकार छैन । आज दुर्गा प्रसाईको पछि ठूलो भिड लाग्दै छ । कारण के हो भने जनतामा बितृष्णा पैदा भयो । जब जनतामा बितृष्णा पैदा हुन्छ तव मात्र उनीहरु सडकमा जान्छन । यो जनताको बाध्यताको कुरा हो । प्रसाईले मेची महाकाली अभियान चलाउँदै छन । जनता जगाउँदै छन । अस्ति मात्र पूर्व राजा देखि राजनीतिक दलका नेताहरुलाई एउटै मञ्चमा भेला गराउन खोजेका थिए तर राजनीतिक दलका कुनै नेता उक्त मञ्चमा उपस्थित भएनन् । पूर्व राजा भने उपस्थित भए ।

तर कुनै प्रतिक्रिया दिएनन् । हात जोडेर नमस्कार गदै जनता सामु मुसुमुसु हासि मात्र रहे । जनताको ठूलो भिड देखिन्थ्यो । राजा आउ देश बचाउ भन्दै जनताले नारा लगाएको सुनिन्थ्यो । यो जनतामा देखिएको चरम बितृष्णा हो । संघीयशासन व्यवस्थाको अभ्यास भइरहँदा यस्ता गतिबिधि चल्नु राम्रो होकी होइन ? मैले आफै प्रश्न गरे । देशमा ठूलो समस्या आउने खतरा देखिएको छ । यस्ता समस्याको समाधान तत्काल नगर्ने हो देशमा जे पनि हुन सक्छ । मुलुकको विकास, समृद्धि र सुशासन कायम गर्ने कुरामा राजनीतिक दलबीच एकता र सौहार्दपूर्ण सम्बन्ध हुन जरुरी छ । मुलुकमा देखिएको रोग, भोक, अशिक्षा, गरिबी, विपन्नता हटाउने विषयमा पनि दलहरु गम्भिर बन्न जरुरी छ ।

राजनीतिक दल र तिनका नेताहरु असल र इमानदार बन्न सक्ने हो भने शासकीय व्यवस्था पनि सफल हँुदै जान्छ । तर, ती शासन सञ्चालन गर्नेहरू भ्रष्टाचारमा लिप्त हुन पुग्दा देशको विकास हुन सकेको छैन । जसका कारण जनतामा चरम निराशा छाएको छ । आगामी दिनमा त्यस्तो चरम निराशा आउन नदिन दलहरु सचेत र सतर्क रहनुपर्छ । जनताले प्रमुख राजनीतिक दललाई खासै रुचाएको देखिँदैन । मुलुकमा प्रमुख राजनीतिक दलप्रति जनताले घृणा व्यक्त गर्न थालेका छन । दलले आफ्नो घोषणापत्रमा व्यक्त गरिएको प्रतिबद्धताअनुसार काम गर्न सकेनन् ।

जनताको पक्षमा काम गर्न नसके पछि आलोचित हुने बाहेक अरु बिकल्प छैन । बिगत देखि भएको त्यही हो । सत्ता सञ्चालन गर्ने दल र तिनका नेता नै भ्रष्टाचारमा चुर्लम्म डुब्ने अवस्था आयो भने जनतामा स्वतहः उनीहरूप्रति हेर्ने दृष्टिकोणमा नै घृणाको भावना पैदा हुनेछ । अब राजनीतिक दलहरु गम्भिर भएर अघि नबढने हो भने निश्चित रुपमा समस्या उत्पन्न हुने छ ।

Tags

छुटाउनु भयो कि ?